मंगलवार, असार ९,२०८३ 11:44:37
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:44:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकासँगको व्यापार वार्ता सहज नहुने दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिको धारणा

Laxmi Sunrise Bank Limited
अमेरिकासँगको व्यापार वार्ता सहज नहुने दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिको धारणा

काठमाण्डौ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान दुक सुले मेरिकासँगको व्यापार वार्ता सहज नहुने बताएका छन् । तर उनले दुई देशबीच राम्रो सहयोगको सुरुवात हुने आशा व्यक्त गरेका छन् ।

हानले दक्षिण कोरियाका अर्थमन्त्री र उद्योग मन्त्रीले अप्रिल २४ मा बिहान ८ बजे अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेट गर्ने जानकारी दिए ।  

New Office
CG Motors
Garima Development Bank

उनले दक्षिण कोरियाले अमेरिकासँग शान्तिपूर्ण र गम्भीरतापूर्वक वार्ता गर्ने प्रयास गर्ने र दुवै देशका लागि फाइदाजनक समाधान खोज्ने बताए । ‘संयुक्त राज्य अमेरिकासँग वार्ताको प्रक्रिया सजिलो हुनेछैन, र मलाई थाहा छ मानिसहरूले यस प्रक्रियाको बारेमा अपेक्षा र चिन्ता दुवै छन्,’ हानले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थतन्त्रका सम्बन्धमा दक्षिण कोरियाका सरकारी अधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

अप्रिलमा अमेरिकाले विश्वका धेरै देशमा पारस्परिक कर लगाउने घोषणा गरेको थियो । त्यसयता धेरै देशले अमेरिकासँग व्यापारको विषयमा छलफल गरिरहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.