काठमाण्डौ । सुपर माई हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। आरविवि मर्चेन्टलाई फागुन १ गतेदेखि सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट बैंकिङले गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।