काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                