सोमबार, असार २,२०८२ 07:01:58
  • सोमबार, असार २,२०८२ 07:01:58
Global IME Bank Limited

सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७०% ले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

Hyundai Nepal
सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७०% ले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेतापनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । खुद ब्याज आम्दानी ५८.८२ प्रतिशतले बढ्दै १ अर्ब १ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले ६४ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि ९ करोड ५१ लाखबाट बढेर १२ करोड ६५ लाख पुगेको छ । यस्तै कुल सञ्चालन आम्दानी ८१ करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा संस्थाको कुल सञ्चालन खर्च ह्वात्तै बढेको छ । संस्थाले ७३ करोड ९५ लाख बढीको सञ्चालन खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८९.३० प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो खर्च ३९ करोड ६ लाख रुपैयाँमा सीमित थियो ।  

यसैगरी संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । अघिल्लो आवमा १५ करोड ७० लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ७१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ८.३८ रुपैयाँले ऋणात्मक छ ।    

यो अवधिसम्म संस्थाको निक्षेप संकलन बढेको छ । अघिल्लो आवसम्म ६ अर्ब १४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ६ अर्ब २९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।  

संस्थाको कर्जा प्रवाह पनि सामान्य बढेको छ । संस्थाले २० अर्ब १८ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २० अर्ब १४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो । रिटेन्ड अर्निङ ११ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको रिजर्भ कोषमा १ अर्ब ४१ करोड सञ्चित छ ।    

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात १४.८१ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ८.८३ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ५.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९२.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ११८.८६ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६४.०७ रुपैयाँ र तरलता अनुपात १०.९६ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.