सोमबार, असार २,२०८२ 10:23:21
  • सोमबार, असार २,२०८२ 10:23:21
Global IME Bank Limited

२९.२४% ले घट्यो कुथेली बुखरीको नाफा, रिजर्भको आकारमा समेत गिरावट

Hyundai Nepal
२९.२४% ले घट्यो कुथेली बुखरीको नाफा, रिजर्भको आकारमा समेत गिरावट
Nabil Bank Limited

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफामा २९.२४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १ लाख बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत २ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.१भ्३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा विद्युत बिक्रीमार्फत २ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म ४९ लाख ६७ हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र २५ लाख ७३ हजार वित्त खर्च गरेको छ । अघिल्लो आवमा १५ लाख ७३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्ममा ४ हजार मात्रै अन्य आम्दानी गरेको छ ।  

कम्पनीको चुक्तापूँजी १३ करोड ४० लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने रिजर्भको आकार ७ करोड ४० लाख रुपैयाँ रहेको थियो । कम्पनीको दीर्घकालिन कर्जा ३ करोड ४० लाख  रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १ करोड ३२ लाख र कुल चालु दायित्व ५ लाख ३ हजार रुपैयाँबराबर रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.९७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६३.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात २१७.८९ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.