शुक्रबार, जेष्ठ १,२०८३ 02:04:14
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:04:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा गिरावटका साथ साताको सुरुवात, होटल समूह भने चमक

Laxmi Sunrise Bank Limited
नेप्सेमा गिरावटका साथ साताको सुरुवात, होटल समूह भने चमक
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.५३ अंकले घटेर २ हजार ६५०.११ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४६.३२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर १० अर्ब २० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘पछिल्लो समय बजारलाई कारोबारले राम्रै साथ दिईरहेको छ । बजार यतिबेला सेक्टर परिवर्तन हुँदै चलिरहेको छ । जसले बजारलाई मजबुत बनाउदै लगेको छ ।’

Bizshala
New Office
CG Motors

उनले पूँजीगत खर्च बढ्ने क्रममा रहेको,तरलता अझै सहज हुने र लगानीमैत्री बजेट आउने सम्भावनाका कारण बजार केही दिनमै बढ्ने उनले अनुमान गरे । यस्तै अहिले बजारमा एक्युमुलेशन बढिरहेको समेत उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि गभर्नर नियुक्तिमा भईरहेको ढिलाईको प्रभाव अझैपनि सेयर बजारमा देखापरिरहेको बताए । उनी पनि केही दिनभित्रै बजार सम्हालिनेमा ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । होटल समूह आज सर्वाधिक अर्थात ६.५० प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत,जीवन बीमा ०.३१,निर्जीवन बीमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५१, हाईड्रोपावर १.२६,लगानी १.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.०९,म्युचुअल फण्ड ०.२८ र अन्य समूह १.५८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६६ करोड १० लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ६० करोड ६८ लाख, युनिभर्सल पावरको ५४ करोड ६७ लाख,सानिमा माई हाईड्रोको ५३ करोड ३३ लाख र बुटवल पावर कम्पनीको ३२ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,नेपाल फाइनान्स,आँखुखोला नेपाल माइक्रा इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ,हिमालयन हाईड्राृपावर, जोशी हाईड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

सोल्टी होटलको सेयरमूल्य पनि आज ८.७७ प्रतिशत,सिक्लेस हाईड्रोको ७.७६ र उन्नती सहकार्यको सेयरमूल्य ७.१३ प्रतिशतले बढ्यो ।  

सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.४५ प्रतिशतले घट्यो । गुह्वेश्री मर्चेन्टको सेयरमूल्य पनि आज ५.६६ प्रतिशत र सिनर्जी पावरको सेयरमूल्य ५.०४ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X