काठमाण्डौ ।एनआईसी एशिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनारलगायत कर्मचारीहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो ।
यसैगरि, लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह,उपप्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारी सहित ५५ जना सदस्यको उपस्थिति थियो ।
यस्तै, लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे । कार्यक्रममा भगवतीमाइ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिनाकुमारी खड्का, पशु प्राबिधिक प्रशिक्षक गणेश राजजोशी, बिनेश परियारलगायतको उपस्थिति थियो ।