एनआईसी एशिया लघुवित्तको समीक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले प्रगति समीक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिनसम्म चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप,क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित बैठकमा सातै प्रदेशका प्रमुख, ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृत लगायतका ४७ कर्मचारीले तालिम...