काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखाहरु (बेथरी,पडसरी,सिसहनिया,ओखरकोट,ठाकुरद्घारा, बाँसगढी र सुलिचौर) मार्फत उक्त कार्यक्रमहरु सम्पन्न गरेको हो ।
स्थानीय जनप्रतिनिधी, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसायव्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
सहभागिहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा ज्ञान हासिल गरेको संस्थाले जनाएको छ ।
संस्थाले हाल २८७ वटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                