काठमाण्डौ । एनआइसी एशिया लघुवित्तले विभिन्न स्थानमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालयहरु बराह क्षेत्रले १६ गते,गौरादहले १७ गते र धरानले २० गते आ–आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
बराह क्षेत्रको स्थानिय सिंहदेवि विद्यालयमा सञ्चालित शिविरमा ३२ जनाकोे स्वास्थ्य जाँच हुँदा ११ जनाको उपचार गरिएको थियो भने धरानको शिक्षा निकेतन विद्यालयमा ३६ जनाको जाँच तथा १२ जनाको सफल उपचार भएको थियो ।
त्यसैगरि, गौरादहको मदन आश्रित स्मृति भवनमा २९ जनाको जाँच तथा ११ जनाको उपचार भयो । शिविरमा पाइल्स, फिसर र फिस्टुलासँग सम्बन्धित जाँच तथा उपचार गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।