मंगलवार, आश्विन १३,२०८३ 07:11:14
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:11:14
Bizshala
Global IME Bank Limited

घट्यो एनआईसी एशिया लघुवित्तको नाफा, ईपीएस ७.३१ रुपैयाँ

Bizshala
घट्यो एनआईसी एशिया लघुवित्तको नाफा, ईपीएस ७.३१ रुपैयाँ
New Office

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

यो रकम अघिल्लो आवको सोही अवधिको  तुलनामा ३२.८२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा संस्थाले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण नाफामा कमी आएको हो । संस्थाको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेको छ । यससँगै संस्थाको खुद ब्याज आम्दानी ९५ करोड १६ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो.आवमा संस्थाले १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

ब्याज आम्दानीसँगै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि घटेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ६५.१९ प्रतिशतले घटेर १ करोड २१ लाख रुपैयाँमा सीमित बनेको छ ।  

९८ करोड ८७ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी भएको संस्थाको सञ्चालन मुनाफा २१ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको चुक्तापूँजी १ अर्ब ७३ करोड रुपैयाँबराबरको रहेको छ ।  

अघिल्लो आवमा ७३ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ४३ करोड ६० लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने ५९ करोड २४ लाख रुपैयाँबाट बढेर ७५ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाले समीक्षा अवधिसम्ममा ग्राहकहरुबाट १ अर्ब ५४ करोड रुपैयाँबराबरको निक्षेप संलकन र १५ अर्ब ९४ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ६.२७ प्रतिशतमा रहेको खराब कर्जा अनुपात ९.९२ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)७.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १५७.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९६.४७ गुणा र तरलता अनुपात ४७.७३ प्रतिशत कायम छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.