बिहीबार, बैशाख ३१,२०८३ 05:35:03
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:35:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक तथा माउ कम्पनी एनआईसी एशिया बैंकले फिर्ता बोलाएकाले रिक्त रहेको पदमा चोलराज शर्मा जोशीलाई नियुक्त गरिएको हो ।  

Bizshala
New Office
CG Motors

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.