काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१÷८२ को पहिलो त्रैमासिक बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
उक्त अवसरमा कम्पनीले कार्तिक ६ देखि ७ गतेसम्म मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरेको हो ।
चितवनको होटल प्याराडाईज, सौराहामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीबाट सहभागीहरुलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरिएकाृ थियो ।
साथै, बजेट समीक्षाअन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्य याजनाबारे छलफल गरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।