काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सासंद सर्वेन्द्रनाथ शुक्लाले विदेशी मुद्रा तान्नका लागि सेयरबजारको दायरा विस्तार गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा बोल्दै शुक्लाले यस्तो बताएका हुन् ।
विदेशी मुद्रा तान्न सेयरबजारलाई अझै फराकिलो बनाउुनपर्छ । एनआरएनलाई त हामीले सेयर बजारमा प्रवेश गराएका छौंं । तर संस्थागत रुपमा मात्रै ।त्यसैले विदेशी मुद्रा आर्जन गरेर विदेशमा बसेका नेपाली मूलका नागरिकलाई नेपाली बजारमा प्रवेश गराउनु पर्छ ।’
यस्तै उनले गैरनेपाली विदेशीहरुलाई पनि अझै बढी कर लिएर नेपाली बजारमा ल्याउनु पर्ने र यसका लागि नियमन कडा गर्नुपर्नेमा जोड दिए । यस्तो गर्यो भने सेयर बजारमार्फत पनि विदेशी मुद्राको अभाव कम गर्न सकिने बताए ।