काठमाण्डौ । सरकारले आजका लागि मन्त्रिपरिषद् बैठक डाकेको छ । उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्नेगरी डाकिएको हो ।
सोमबारका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै स्थगित भएको थियो ।
बैठक डाकिनुअघि आज प्रधानमनत्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल समेत भएको थियो ।
यस्तै आज नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक समेत बोलाएका छन् । गभर्नर नियुक्तिका लागि गत चैत १० गते गठन भएको सिफारिस समितिको बैठक पहिलोपटक डाकिएको अर्थस्थित स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिगषद्को बैठक र गभर्नर सिफारिस समितिको बैठक एकैदिन डाकिएकाले आजनै सरकारले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको समेत स्रोतले जनाएको छ । आज बस्ने गभर्नर सिफारिस समितिको बैठकले गभर्नर नियुक्तिका लागि ३ जना योग्य व्यक्तिको नाम मन्त्रिपरिगषदलाई सिफारिस गर्नेछ । मन्त्रिपरिगषदले सोही तीनजनामध्येबाट एकजनालाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्नेछ ।
स्रोतका अनुसार गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ । यस विषयमा प्रधनमनत्री ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउवाबीच सहमित समेत जुटिसकेको स्रोतको दाबी छ ।