आईतवार, बैशाख ६,२०८३ 08:09:18
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:09:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकैदिन डाकियो मन्त्रिपरिषद् र गभर्नर सिफारिस समितिको बैठक, विश्व पौडेल नयाँ गभर्नर बन्ने पक्कापक्की

Bizshala
एकैदिन डाकियो मन्त्रिपरिषद् र गभर्नर सिफारिस समितिको बैठक, विश्व पौडेल नयाँ गभर्नर बन्ने पक्कापक्की
Shivam Cement

काठमाण्डौ । सरकारले आजका लागि मन्त्रिपरिषद् बैठक डाकेको छ । उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्नेगरी डाकिएको हो ।  

सोमबारका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै स्थगित भएको थियो ।  

बैठक डाकिनुअघि आज प्रधानमनत्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल समेत भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै आज नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक समेत बोलाएका छन् । गभर्नर नियुक्तिका लागि गत चैत १०  गते गठन भएको सिफारिस समितिको बैठक पहिलोपटक डाकिएको अर्थस्थित स्रोतले जानकारी दिएको छ ।  

मन्त्रिपरिगषद्को बैठक र गभर्नर सिफारिस समितिको बैठक एकैदिन डाकिएकाले आजनै सरकारले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको समेत स्रोतले जनाएको छ । आज बस्ने गभर्नर सिफारिस समितिको बैठकले गभर्नर नियुक्तिका लागि ३ जना योग्य व्यक्तिको नाम मन्त्रिपरिगषदलाई सिफारिस गर्नेछ । मन्त्रिपरिगषदले सोही तीनजनामध्येबाट एकजनालाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्नेछ ।  

CG Motors
Garima Development Bank
IME remit

स्रोतका अनुसार गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ । यस विषयमा प्रधनमनत्री ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउवाबीच सहमित समेत जुटिसकेको स्रोतको दाबी छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.