शुक्रबार, जेष्ठ १,२०८३ 09:09:27
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 09:09:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेको पुनर्संरचना र एसएमइ प्लेटफर्म फेरि अन्यौलमा, किन बढ्न सकेन अघि ?

Laxmi Sunrise Bank Limited
नेप्सेको पुनर्संरचना र एसएमइ प्लेटफर्म फेरि अन्यौलमा, किन बढ्न सकेन अघि ?
Shivam Cement

काठमाण्डौ । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने नेप्सेका अध्यक्ष बेलाबेलामा परिर्वतन हुँदा फेरि एकपटक नेप्सेको पुनर्संरचना र एसएमई प्लेटफर्म जस्ता विषय ओझेलमा परेका छन् । पूर्व अर्थसचिब रामेश्वर खनाल संयोजकत्वमा बनेको समितिले हालको नेप्सेको पुनर्संरचना गर्दै क्षमता विस्तार गर्ने सुझाव दिएता पनि नेप्से पुनर्संरचनाको विषय संधै अन्यौलतामै रहेको देखिन्छ ।  

खासगरि, विभिन्न स्वार्थ समूहको स्वार्थ र अर्थमन्त्रालयकै अनिच्छाका कारण नेप्सेको पुनर्संरचना वर्षौदेखि अलमलमा परिरहेको छ । हरेक बजेटमा जस्तै नेप्सेको पुनर्संरचना गरिने छ भन्ने पुरानै रटान यसपालीको बजेटमा पनि आउने निश्चिन प्रायः नै छ । तर विदेशि साझेदारसहितको नेप्से पुनर्संरचनाको विषय लामो समयदेखि अलपत्र रहेको छ ।  

यसरी अलपत्र पर्नुमा नेपाल स्टक एक्सचेञ्जले पठाएका धेरै फाइल अर्थ मन्त्रालयमै हराउनु मुख्य कारण हो । नेपाल स्टक एक्सचेञ्जको बोर्डमा अर्थ मन्त्रालयबाटै प्रतिनिधित्व हुने गर्छ । खासगरि अर्थ मन्त्रालयबाट नेप्सेमा प्रतिनिधित्व हुने अध्यक्ष ६÷६ महिना भन्दा लामो समय हुँदैनन् । निवर्तमान अध्यक्ष शोभाकर पौडेल पनि छोटो समयमा नै सरुवा भएर अन्यत्र नै गएका छन् भने त्यस अघिका भूपाल बराल पनि लामो समय नेप्सेको अध्यक्षको भुमिकामा रहेनन् ।

Bizshala
New Office
CG Motors

अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्नेलाई केही समय पूँजीबजार बुझ्नै समय लाग्छ । बुझि सकेपछि अन्यत्र नै सरुवा हुने गर्छन् । त्यसैले नेप्सेको पुनर्संरचना र विदेशि साझेदार भित्राउने विषय वर्षौदेखि अलपत्र परेको छ । नेप्सेको पुनर्संरचना मात्रै नभएर नयाँ–नयाँ प्रडक्टको विषय पनि त्यस्तै नै रहेको छ । यस अघि ल्याउने भनिएको नेप्से ३० को विषय हराएरै गयो भने सबै काम सकेर तयार भएको एसएमई प्लेटफर्म को पनि त्यहि हबिगत भएको छ ।  

किन आएन एसएमई प्लेटफर्म ?

खासगरि, एसएमई प्लेटफर्मसम्बन्धी अधिकांश काम नयाँ सीइओ आउनु भन्दा अघि कामु सीईओ निरञ्जन फुयाँलकै समयमा सकिएको थियो । त्यही अनुसार सीडीएससी पनि तयार अवस्था मै रहेका थियो । तर नयाँ सीईओ चूणामणी चापागाई आए पछि नेप्सेको बोर्ड बैठक नै बस्न सकेन । तत्कालिन अध्यक्ष शोभाकर पौडेल विदेश भ्रमणमा गएका थिए विदेश फिर्तीपश्चात उनको पनि अन्यत्र नै सरुवा भईसकेको छ । हाल अर्थमन्त्रीले बजेटको चटारोका कारण समय दिन सकेका छैनन् । अर्थमन्त्रीकै समय अभावका कारण नेप्सेमा नयाँ अध्यक्ष पठाउने विषय अन्यौलतामा परेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

पुनर्संरचना बिना किन हुँदैन नेप्सेको विकास ?

सेयर बजारमा लगानीकर्ताहरु सँधै प्रडक्ट र नयाँ–नयाँ फिचरको सपना देख्ने गछनर्् । छिमेकि मुलुकमा भारतमा ‘टी प्लस जिरो’को व्यवस्था आईसकेको छ । नेपालमा अप्सन मार्केट तथा फ्युचर मार्केटको विषय त धेरै टाढाको विषय हो ।  

लगानीकर्ताले भुलबस बेचेको सेयर सेटलमेन्टको व्यवस्था हुने अक्सन मार्केटको व्यवस्थासम्म नेप्सेले गर्न सकेको छैन । यी सबै विषय अर्थ मन्त्रालयले त बेवास्ता गरेकै छ, लगानीकर्ताहरु र तिनका नेताहरुले पनि बजार घटेको बेला मात्रै भृकुटी मण्डप र माइतीघर सम्झिन्छन् । हाल च्याउ झै उम्रेका लगानीकर्ता संगठनहरु पनि लगानीकर्ताहरुको मूख्य मागमा भन्दा प्रचारवाजीमै मस्त देखिन्छन् । यी र यस्तै कारणले सबै सरोकारवालको बेवास्ताका कारण नेप्सेको विकास हुन सकेको छैन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.