काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
आज संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन् । प्रधानमन्त्री दाहालले यो कार्यको प्रारम्भ भईसकेको बताएका छन् ।
‘लघुवित्त वित्तीय संस्थाले आवश्यक र औचित्यका आधारमा एक पटकका लागि अशुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत रकम असुल गरी २०८० चैत मसान्तसम्म कर्जाको पुर्नतरिलिकरण वा पुनसंरचान गर्न सक्ने वा त्यस्तो कर्जालाई सक्रिय कर्जामा वर्गिकरण गर्ने व्यवस्था गरिएको छ ।’ प्रधानमन्त्रीले भने ।
त्यस्तै प्रधानमन्त्रीले दुग्ध किसानको भुक्तानी सहज बनाउने सरकार सम्बन्धी उद्योग व्यवसायी र किसान संगठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पौष मसान्तसम्मको बक्यौता चैत २१ गते भित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भईसकेको बताए ।