शुक्रबार, जेष्ठ १,२०८३ 04:01:02
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:01:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पहिलोपटक बाह्य संयोजकसहितको उपसमिति : बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकको ऐतिहासिक पहल

Laxmi Sunrise Bank Limited
पहिलोपटक बाह्य संयोजकसहितको उपसमिति : बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकको ऐतिहासिक पहल
Shivam Cement

काठमाण्डौ । बैंकिङ क्षेत्रको सुधार र भविष्य विकासका लागि नेपाल राष्ट्र बैंकले एक महत्वपूर्ण कदम चालेको छ। 

इतिहासमै पहिलोपटक राष्ट्र बैंक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव उपसमिति गठन गरिएको छ, जसले बैंकिङ क्षेत्रको समग्र सुधार र नीतिगत सुझाव तयार गर्नेछ।

Bizshala
New Office
CG Motors

पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा, सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्यका रूपमा रहेका छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल समितिका सदस्य सचिव तोकिएका छन्।

राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ।

यसपटकको पहलको विशेषता के भने, राष्ट्र बैंकले आफ्नै कार्यक्षेत्रबाहिरका अनुभवी व्यक्तिलाई संयोजक बनाई सुझाव संकलन गर्न थालेको हो, जुन विगतमा देखिएको थिएन। यसले नियामक संस्थामा पनि बाह्य दृष्टिकोणको स्वीकार्यता बढिरहेको 

Garima Development Bank
Shivam Cement
IME remit

राष्ट्र बैंकको दाबी अनुसार, स्थापना कालदेखि नै बैंकको अनुमति, नियमन र सुधारमा केन्द्रित संस्थाले अब समावेशी र विशेषज्ञतामा आधारित संरचना निर्माण गर्दै अगाडि बढ्न थालेको देखिन्छ।

बैंकिङ विश्लेषकहरूका अनुसार, यो उपसमिति बैंक क्षेत्रका गहिरा संरचनात्मक समस्या पहिचान गर्न र रणनीतिक नीति निर्माणमा महत्वपूर्ण मोड बन्न सक्छ। बाह्य संयोजकको सहभागिता पारदर्शिता र निष्पक्षताप्रतिको प्रतिबद्धताको संकेतको रूपमा हेरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X