आईतवार, असार ८,२०८२ 11:23:39
  • आईतवार, असार ८,२०८२ 11:23:39
Global IME Bank Limited

अभियान लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
अभियान लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पाँचौ वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असार ३० गते काभ्रेपलाञ्चोकमा रहेको ताम्राकार पार्टी भेन्युमा दिउँसो साढे १२ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । 

उक्त सभामा नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियमनकारी निकायबाट स्वीकृती लिने,अभिलेख गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एंव परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य कुनै ‘घ’ वर्गका वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी सभामा आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.