काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले अण्डाको समर्थन मूल्य तोक्दै चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ निर्धारण गरेको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको छ ।
व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो ३ हजार ५४० र मझौला ३ हजार ३३० रुपैयाँमा बिक्री गर्नेछन् । अण्डाको उत्पादन घटेसँगै संघले मूल्य बढाएको हो । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ देखि ३० हजारमा झरेको संघले जनाएको छ ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ ।