आईतवार, बैशाख ६,२०८३ 08:56:25
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:56:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’विधामा प्लाटिनम अवार्डबाट सम्मानित

Bizshala
माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’विधामा प्लाटिनम अवार्डबाट सम्मानित
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधाअन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । 

इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

माछापुच्छ्रे बैंकले बैंकिङ सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ । डिजिटल बैंकिङ, शाखारहित सेवापहुँच, मोबाइल बैंकिङ, नविनतम साइबर सुरक्षा मापदण्डको अवलम्बन जस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरुप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।  

माछापुच्छ्रे बैंकले विगत २५ वर्षदेखि देशभर वित्तीय पहुँच विस्तार गर्दै सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।  हाल देशभर १६५ शाखा, २०३ एटीएम, तथा थुप्रै डिजिटल सेवामार्फत आफ्ना ग्राहकलाई अन्तराष्ट्र्रिय स्तरको बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.