काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
उक्त सभामा अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा वा प्राीपत सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।
यसैगरी आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ २५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।