मंगलवार, आश्विन १३,२०८३ 09:32:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:32:27
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको ३२ औं वार्षिकोत्सव सम्पन्न

Bizshala
नेपाल एसबिआई बैंकको ३२ औं वार्षिकोत्सव सम्पन्न
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंकले ७ जुलाईमा बैंकको ३२ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो । जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी बहन गर्नुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे । प्रमुख वित्तिय अधिकृत, राजेशकुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोही दिन काठमाण्डौको कमलादीस्थित कर्पोरेट कार्यालय सहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै,फरक रुपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.