नेपाल एसबिआई बैंकमा दुईजना सञ्चालक नियुक्त
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिमा ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन्। यस्तै, बैंकले सुबोधप्रसाद गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।कर्मचारी सञ्चय कोष बैंकको संस्थागत सेयरधनीका रूपमा रहेको छ। कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा अधिकारीलाई मनोनयन गरी पठाइएको थियो।

