काठमाण्डौ । नेपाल एसबिआई बैंकका डेबिट कार्डहोल्डर तथा योनो नेपाल एसबिआईका प्रयोगकर्ताले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटलेटहरुमा विशेष छुट पाउने भएका छन् ।
यस विषयमा बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत सद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटेलहरुमा दैनिक प्रकाशित दरमा फुड एण्ड बेभरेजतर्फ १० प्रतिशत र आवासमा २० प्रतिशत छुट पाउने छन् ।
उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न भएको बैंकले जनाएको छ ।