काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै २०७६ मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.८४ प्रतिशत नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
आव २०७५/७६ का लागि प्रदान गरिएको उक्त लाभांश सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट काठमाण्डौमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । उल्लेखित पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।