मंगलवार, आश्विन १३,२०८३ 09:31:42
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:31:42
Bizshala
Global IME Bank Limited

Breaking : सिन्धुलीको एसबीआई बैंकबाट लुटिएकोमध्ये एकबोरा पैसा जंगलमा फेला !

Bizshala
Breaking : सिन्धुलीको एसबीआई बैंकबाट लुटिएकोमध्ये एकबोरा पैसा जंगलमा फेला !
New Office

काठमाण्डौ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखाबाट लुटिएको एकबोरा पैसा नजिकैको जंगलमा फेला परेको छ ।  

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बिजशालासँग मंगलबार राति १०ः३० बजे कुरा गर्दै बैंकको शाखा नजिकै रहेको जंगल क्षेत्रमा बोरामा पैसा फेला परेको सूचना भर्खरै आएको र आफूहरु त्यसतर्फ लागेको जानकारी दिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

'स्थानीयबाट जंगलमा बोरामा केही पैसाहरु फेला परेको कुरा आएको छ, हामी घटनास्थलतर्फ जाँदैछौं ।' उनले भने-'बैंकबाट कति पैसा लुटियो भन्ने कुरा पनि अझै यकिन भएको छैन । बुधबार बिहानसम्म थाहा होला ।'

उनका अनुसार बैंकको सो शाखामा ६ ७ जनाको समूहमा नकाबधारीहरु आएर कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । बैंकका सुरक्षागार्डलाई आक्रमण गरी गम्भीर घाइते बनाई लुटेरा समूहले बैंक लुटपाट गरेको थियो । 

लुटेराहरु चढेर आएको गाडी तथा त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई ती चालकले आफूलाई बिवाहका लागि भन्दै गाडी भाडामा लिएको र बैंक लुट्न प्रयोग गरेको बयान दिएका छन् । उनको बयान तथा पूरै घटनाको विषयमा मिहीन अनुसन्धान थालिएको एसपी सुवेदीले जानकारी दिए ।  

उनकाअनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य समेत तीव्र पारिएको छ ।  

समाचारमा प्रयोग भएको तस्विर: सिन्धुलीको एसबीआई बैंक लुटपाटको घटनामा प्रयोग भएको टाटा सुमो गाडी प्रहरी नियन्त्रणमा । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.