सोमबार, श्रावण १८,२०८३ 10:35:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:35:57
Bizshala
Global IME Bank Limited

बुटवलपछि काठमाण्डौमा पनि खुल्यो करेन्ट प्वइन्ट, नयाँ स्वाद र फ्लेबरको मज्जा लिन सकिने

बुटवलपछि काठमाण्डौमा पनि खुल्यो करेन्ट प्वइन्ट, नयाँ स्वाद र फ्लेबरको मज्जा लिन सकिने
New Office

काठमाण्डौ । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट प्वइन्ट’को नयाँ शाखा काठमाण्डौमा सञ्चालनमा ल्याएको छ । बुटवलमा रहेको करेन्ट प्वइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज असार २७ गते शुक्रबारदेखि काठमाण्डौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

सिंहदरबारको विपरित दिसामा, न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट प्वइन्टको उद्घाटन समारोहमा अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो ।

समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलमा करेन्ट प्वइन्टले पाएको माया र सफलताले आफूहरुलाई काठमाण्डौमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, ‘काठमामण्डौका नुडल्स पारखीहरू, विशेष गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, करेन्ट प्वइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’

उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट प्वइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा मिडियालाई विस्तृत जानकारी दिए ।  

करेन्ट प्वइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् । 

साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाण्डौवासीलाई नौलो स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.