काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले पुरानो लाभांश भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सेयरधनीहरुलाई आव २०७४/७५ र २०७५/७६ को आफ्नो लिन बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।
सेयरधनीहरुले उक्त रकम ललितपुरको पुल्चोकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझिलिन सक्नेछन् ।
उक्त आवको भुक्तानी लिन बाँकी लाभांश सम्बन्धी विवरण कम्पनीको वेवसाइटमा प्रकाशन गरिएको छ । सम्बन्धित सेयरधनी वा हकवालाहरुले लाभांश रकम बुझिलिन नआएमा कानून बमोजिम भईजाने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।