मंगलवार, श्रावण १९,२०८३ 02:11:24
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:11:24
Bizshala
Global IME Bank Limited

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, असार २७, २०८२ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी भएका थिए ।

कार्यक्रमले विगत वर्षको उपलब्धिहरूको उत्सव मनाउनुका साथै नयाँ नेतृत्व टोलीलाई स्वागत गरेको थियो ।

पछिल्लो कार्यकालमा युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकास सम्बन्धी च्याप्टरले सञ्चालन गरेका पहलहरूलाई सभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि सुमना श्रेष्ठ, प्रतिनिधि सभाकी सांसद तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिइन् ।  निर्गत अध्यक्ष नितु श्रेष्ठले आफ्नो कार्यकालभर सदस्य तथा कार्यकारी टोलीले देखाएको समर्पण र सहयोगप्रति आभार प्रकट गरिन् र आगामी नेतृत्वलाई सफलताको शुभकामना दिइन् ।

नव–नियुक्त अध्यक्ष एल्भिस रञ्जितले आगामी वर्षको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरे । उनले सहकार्य, प्रभावमुखी कार्यक्रमहरू र युवा उद्यमीहरूलाई निरन्तर सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले च्याप्टरलाई नयाँ उचाइमा पुऱ्याउने उत्साह र प्रतिबद्धता जाहेर गरे ।

सभामा २०२५÷२६ कार्यकालको नयाँ कार्यकारी समितिको औपचारिक घोषणा पनि गरिएको थियोः

–एल्भिस रञ्जित ः अध्यक्ष

नितु श्रेष्ठ निवर्तमान अध्यक्ष

–अनुकुल श्रेष्ठ प्रथम उपाध्यक्ष

–प्रकिरण श्रेष्ठ दोस्रो उपाध्यक्ष(

–निशान ढकाल कार्यकारिणी सदस्य

–अशाङ्क एसजेबी राणा कार्यकारिणी सदस्य

–सबिल खान कार्यकारिणी सदस्य

–रिटेज श्रेष्ठ कार्यकारिणी सदस्य

–आशिष भण्डारी ( कार्यकारिणी सदस्य

–श्रद्धा कटुवाल– कार्यकारिणी सदस्य

–अनिश रौनियार– कार्यकारिणी सदस्य

–कुशल जोशी कार्यकारिणी सदस्य

–अभिषेक शारडा– कार्यकारिणी सदस्य

–पालिजा मानन्धर–च्याप्टर संयोजक

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले युवाहरूलाई उद्यमशीलता र नेतृत्वमा अघि बढ्न उत्प्रेरित में सशक्त मञ्चको रूपमा आफ्नो पहिचान बनाइरहेको छ। नयाँ नेतृत्वसँगै संस्था एक अर्को त्पादक र प्रेरणादायक वर्षतर्फ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.