काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले आव २०८०/८१ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि(गरी कुल ५.२३६२ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब यो सेयर आइतबारको कारोबारदेखि बजारमा कारोबारमा आउनेछ ।