काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपश्चात नतिजा सार्वजनिक गरिएको हो ।
परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । यस्तै ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ ।
यसपटकको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा १० दिन ढिला सञ्चालन भएको थियो । जसमा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए । कुल संख्यामा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् ।
यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा २९ दिने लामो शिक्षकहरूले आन्दोलनका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।