मंगलवार, आश्विन १३,२०८३ 08:55:47
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:55:47
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको नाफा ४५८२२% ले बढ्यो, खुद ब्याज आम्दानी साढे ११ अर्ब

Bizshala
कुमारी बैंकको नाफा ४५८२२% ले बढ्यो, खुद ब्याज आम्दानी साढे ११ अर्ब
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको नाफा ४५८२२ प्रतिशतले बढेको छ । बैंकले यो अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवमा भने बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि बढेको छ । बैंकले ११ अर्ब ५५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९५ प्रतिशतले बढी हो ।  

यस्तै बैंकले २ अर्ब ६७ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले २ अर्ब ९ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको थियो । चौथो त्रैमाससम्म बैंकको खुद सञ्चालन आम्दानी ११ अर्ब ३३ करोड र सञ्चालन मुनाफा ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा ६ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ७६ करोड रुपैयाँमा सीमित बनेको छ । रिटेन्ड अर्निङ २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिजर्भमा भने १३ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ । ग्राहकहरुबाट बैंकले ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ५.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ६.४२ प्रतिशत पुगेको छ ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.२३ गुणा र तरलता अनुपात ३६.५९ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.