• बिहीबार, भाद्र २६,२०८२ 02:31:16
Global IME Bank Limited

नाइमा एक्स्पोमा ग्राहक आकर्षण गराउन छुटको फण्डा, रु.२५ लाखसम्म मूल्य घटाइयो

Hyundai Nepal
नाइमा एक्स्पोमा ग्राहक आकर्षण गराउन छुटको फण्डा, रु.२५ लाखसम्म मूल्य घटाइयो

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा साउन २१ गतेदेखि भव्य गाडी प्रदर्शन मेला सुरु भएको छ ।  

गत वैशाख ३ गते मात्रै औपचारिक रुपमा सञ्चालनमा आएको नाइमाले पहिलोपटक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गरेको छ । एक्स्पोमा ५० भन्दा बढी ब्राण्डका गाडीहरु राखिएका छन् ।  

एक्स्पो उद्घाटनको दिन १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरु सार्वजनिक गरिएको छ । नाइमाले एक्स्पोमा ३५ भन्दा बढी मोडलका नयाँ सवारी सार्वजनिक गरेपनि केही गाडी यसअघि नै लन्च भइसकेका गाडीहरु रहेका छन् ।  

दोस्रो दिनसम्ममा प्रदर्शन हेर्न आउने दर्शकहरुको उपस्थिति सामान्य नै देखिएको छ । तुलनात्मक रुपमा चारपाङ्ग्रे भन्दा दुईपाङ्ग्रे गाडीहरु राखिएको ब्लकमा बढी दर्शकहरुको भिड देख्न सकिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अटोमोबाइल प्रदर्शन हर्ने दर्शकले इनोभेटिभ र प्रविधिमैत्री प्लेटफर्मबाट सवारी अनुभव गर्ने अवसर खोजिरहेका हुन्छन् । नाइमा मोबिलिटी एक्स्पोमा दैनिक अनुमान गरिएजति दर्शकहरुको भिड नलाग्नुमा यो एउटा मुख्य कारण हुनसक्छ ।  

एक्स्पोमा भनेजस्तो दर्शकको भिड नदेखिएपछि यता कम्पनीहरुले गाडी बुकिङमा धमाधम नाइमा छुट अफर दिएका छन् । उक्त अटो शो मा गाडी व्यवसायीहरुले दर्शकलाई आकर्षित गराउन २५ लाख रुपैयाँसम्म मूल्य घटाएर गाडी बिक्रीमा राखेका छन् ।  

अटो व्यवसायीहरुले एक्स्पोमा राखेका विभिन्न मोडल तथा भेरियन्टका गाडीहरुको मूल्य २१ लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म छ । भनेजस्तो बुकिङ नभएपछि दर्शक तथा ग्राहकलाई थप आकर्षित बनाउन अटो व्यवसायीहरुले एक लाख रुपैयाँदेखि २५ लाख सम्म छुट दिएका हुन् । 

कुन ब्राण्डका गाडीमा कतिसम्म छुट ?  

हुण्डाई

हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाइमा अटो शो मा विभिन्न मोडलका गाडीहरु राखेको छ । शो हेर्न आउने दर्शकलाई थप आकर्षित गर्न हुण्डाईले आफ्ना विभिन्न भेरियन्टका गाडीमा एक लाख भन्दा बढी छुट दिएको छ ।  

कम्पनीले हुण्डाई क्रेटा बुकिङमा एक लाख २० हजार रुपैयाँ, भेन्यु गाडीमा ९० हजार, क्रेटा इभीमा १ लाख २० हजार, ग्राण्ड आई १० एक लाख रुपैयाँ र हुण्डाई आयोनिक ५ मा भने मोडलअनुसार २ लाखसम्म छुट दिएको कम्पनीले जनाएको छ ।  

एलएस अटो  

नाइमा अटो शो मा एलएल अटो ले दुईवटा मोडलहरु एलइभी एक्स र एलइभी ०५ लन्च गरेको छ । कम्पनीले यी दुबै मोडलका गाडीहरुमा नाइमा विशेष अफर ल्याएको छ ।  

उक्त अटो शो मा यी दुबै मोडलका गाडीहरु बुक गर्ने ग्राहकले १ लाख ५० हजार छुट पाउने कम्पनीले जनाएको छ ।  

लियोन मोटर्स  

लियोन मोटर्सले नाइमा एक्स्पोमा राखेका विभिन्न मोडलका गाडीहरुमा १० प्रतिशत छुट दिने जनाएको छ ।  

कम्पनीले पजेरो स्पोर्ट, एक्सलीप्स क्रस र आउटल्याण्डरमा बुकिङ गर्दा १० प्रतिशत छुट दिने जनाएको छ ।  

टोयोटा  

टोयोटाका गाडीहरुमा पनि ११ लाख रुपैयाँसम्म छुट दिइएको छ । ३ करोड ७० लाख वास्तविक बजार मूल्य रहेको टोयोटा ल्याण्ड क्रुजर २५० मा ११ लाख रुपैयाँ छुट दिइएको छ भने यारिस क्रसममा ८ लाख रुपैयाँ छुट दिइएको छ ।  

बीवाइडी  

बीवाइडीका गाडीहरुमा भने सामान्य मात्रै छुट दिइएको छ । बिवाइडी डल्फिनमा १ लाख ५० हजार रुपैयाँ र सेरेज ७ मा २ लाख रुपैयाँ छुट दिइएको छ । जसको बजार मूल्य क्रमशः ४१ लाख १५ हजार रुपैयाँ र ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

त्यस्तै, हिजो मात्रै लन्च गरिएको बीवाइडी अटो १ मा भने कुनै पनि छुट अफर राखिएको छैन । बीवाइडी अटो १ को डायनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  

सिट्रोन  

३९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको सिट्रोन सि–३ अब २७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । त्यस्तै, सिट्रोन ई–सि ३ को मूल्य पनि घटाएर ३४ लाख रुपैयाँमा ल्याइएको छ ।

फ्रेन्च ब्रान्ड प्युजोको ३००८ मोडलमा २५ लाख रुपैयाँ छुट दिइएको छ । यो सवारीसाधनको पूर्व मूल्य १ करोड ७५ लाख रुपैयाँ थियो जुन अहिले १ करोड ५० लाख रुपैयाँमा झरेको छ ।

लिपमोटर  

लिपमोटरले पनि नाइमा एक्स्पोमा धमाकेदार अफर ल्याएर छुट दिएको छ । कम्पनीले बी १० डिजाइन भेरियन्टमा तीन लाख रुपैयाँ छुट दिएको छ । कम्पनीले ६० लाख पर्ने उक्त गाडी नाइमा अफर प्राइज भनेर ५६ लाख ९९ हजार रुपैयाँमा राखेको छ ।  

त्यस्तै, ३४ लाख रुपैयाँ पर्ने लिपमोटर टी०३ लाई २८ लाख रुपैयाँ, ७२ लाख पर्ने सी १० लाई ६५ लाख रुपैयाँमा बिक्री गरिएको छ ।  

एमजी  

एमजी ब्रान्डका विभिन्न मोडलमा पनि आकर्षक छुट दिइएको छ । एमजि एस ५ मा किलोवाट अनुसार १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म छुट दिइएको छ । एमजि ४ को लक्जरी भर्सनमा ४ लाख र कम्फर्ट भर्सनमा १ लाख छुट गरिएको छ । भर्खरै लन्च भएको एमजि आइएम ६ मा पनि १ लाख २५ हजार रुपैयाँ छुट दिइएको छ ।

ओमोडा र जाइको  

यो ब्रान्डका गाडीहरूमा समेत ठूला छुट दिइएको छ । ६२ लाख रुपैयाँ पर्ने ओमोडा ई ५ अहिले ५५ लाख रुपैयाँमा बिक्रीमा ल्याइएको छ । ६९ लाख ९९ हजार रुपैयाँ पर्ने जेको जे ६ अब ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ भने ६० लाख ९९ हजार पर्ने जे को ५ अब ५६ लाख ९९ हजार रुपैयाँमा सीमित गरिएको छ ।

जीएमडब्लु

यो कम्पनीले आफ्नो प्रिमियम हाइब्रिड एसयूभी ‘ट्यांक ५००’ लाई मुख्य आकर्षण बनाएको छ । जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो गाडीमा कम्पनीले २ लाख २५ हजार रुपैयाँ छुट दिएको छ । साथै १ करोड ५९ लाख रुपैयाँ पर्ने ट्यांक ३०० मा १ लाख ८५ हजार रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।  

किया  

कियाले पनि आप्mनो विभिन्न भेरियन्टका गाडीहरुमा छुट दिएको छ । कम्पनीले सोनेटका मोडलहरुमा एक लाख रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म छुट दिएको छ ।  

त्यस्तै, किया सेल्टस मोडलका गाडीहरुमा एक लाख देखि २ लाख ५० हजार रुपैयाँ सम्म छुट दिएको छ भने क्यारेन्स र इभीहरुमा रु। १ लाख रुपैयाँ  छुट दिइएको छ ।  

भल्स्वागन  

यो कम्पनीले पनि आफ्ना विभिन्न मोडलका गाडीहरुमा नाइमा अफर ल्याएको छ । कम्पनीका अनुसार सबै मोडलका गाडी बुकिङमा ग्राहकले ३ लाख रुपैयाँसम्म छुट पाउनेछन् ।  

कम्पनीले ५४ लाख रुपैयाँदेखि ९४ लाख रुपैयाँसम्मका विभिन्न मोडलका गाडीहरु प्रदर्शनमा राखेको छ ।  

म्याक्सस

म्याक्सस कम्पनीले दुईवटा मोडलका गाडीहरु एक्स्पोमा राखेको छ । एक करोड ९ लाख ९९ हजार रुपैयाँ पर्ने इ–टेरोन ९ गाडीमा ५ लाख रुपैयाँ र १ करोड २५ लाख रुपैयाँ पर्ने मिफा ७ गाडीमा १० लाख रुपैयाँसम्म छुट दिइएको छ ।  

महिन्द्रा

महिन्द्राले पनि नाइमा एक्स्पो विशेष छुट दिएको छ । कम्पनीले आफ्नो विभिन्न मोडलका सबै गाडीहरुमा रु।१ लाख ५० हजार रुपैयाँ छुट दिएको छ । एक्स्पोमा कम्पनीका गाडी ५७ लाख रुपैयाँदेखि ९५ लाख रुपैयाँसम्म मूल्यका छन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.