सोमबार, श्रावण १८,२०८३ 04:34:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:34:31
Bizshala
Global IME Bank Limited

साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?

साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । साना किसान लघुवित्तको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.७५ प्रतिशतले कम हो ।  

खुद ब्याज आम्दानी घटेसँगै संस्थाको खुद नाफा समेत घट्न पुगेको छ । अघिल्लो आवमा ९२ करोड १९ लाख रहेको खुद नाफा ४.६९ प्रतिशतले घटेर ८७ करोड ८७ लाखमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि ४२ लाख ८५ हजारबाट घटेर २८ लाख २५ हजारमा सीमित बनेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा भने बढेको छ । अघिल्लो आवमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा बढेर १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यद्यपी संस्थाको लाभांश क्षमता भने ४६.१८ प्रतिशतबाट घटेर ४२.६७ रुपैयाँमा खुम्चिएको छ ।  

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात २.१८ प्रतिशतबाट बढेर २.६५ प्रतिशत पुगेको छ । संस्थाको खराब कर्जा अनुपात १३ करोड ८३ लाख रुपैयाँले रिसर्भल भएको छ । अघिल्लो आवमा भने इम्पेयरमेन्ट चार्ज ४३ करोड ६३ लाखले रिसर्भल भएको थियो ।  

कर्जा प्रवाह घटेको छ भने निक्षेप संकलन बढेको छ । अघिल्लो आवमा २ अर्ब ८३ करोड रहेको निक्षेप संकलन बढेर ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ४ करोड ६८ लाखबाट घटेर ४ करोड ४२ लाखमा सीमित बनेको छ ।  

संस्थाको प्रतिसेयर आम्दानी २४.२२ रुपैयाँबाट घटेर २०.३८ रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २३९.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६१.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.४० गुणा र तरलता अनुपात २६०.२७ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.