IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 08:01:02
IME remit
Global IME Bank Limited

साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?

Hyundai Nepal
साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । साना किसान लघुवित्तको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.७५ प्रतिशतले कम हो ।  

खुद ब्याज आम्दानी घटेसँगै संस्थाको खुद नाफा समेत घट्न पुगेको छ । अघिल्लो आवमा ९२ करोड १९ लाख रहेको खुद नाफा ४.६९ प्रतिशतले घटेर ८७ करोड ८७ लाखमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि ४२ लाख ८५ हजारबाट घटेर २८ लाख २५ हजारमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको वितरणयोग्य मुनाफा भने बढेको छ । अघिल्लो आवमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा बढेर १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यद्यपी संस्थाको लाभांश क्षमता भने ४६.१८ प्रतिशतबाट घटेर ४२.६७ रुपैयाँमा खुम्चिएको छ ।  

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात २.१८ प्रतिशतबाट बढेर २.६५ प्रतिशत पुगेको छ । संस्थाको खराब कर्जा अनुपात १३ करोड ८३ लाख रुपैयाँले रिसर्भल भएको छ । अघिल्लो आवमा भने इम्पेयरमेन्ट चार्ज ४३ करोड ६३ लाखले रिसर्भल भएको थियो ।  

कर्जा प्रवाह घटेको छ भने निक्षेप संकलन बढेको छ । अघिल्लो आवमा २ अर्ब ८३ करोड रहेको निक्षेप संकलन बढेर ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ४ करोड ६८ लाखबाट घटेर ४ करोड ४२ लाखमा सीमित बनेको छ ।  

संस्थाको प्रतिसेयर आम्दानी २४.२२ रुपैयाँबाट घटेर २०.३८ रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २३९.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६१.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.४० गुणा र तरलता अनुपात २६०.२७ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.