काठमाण्डौ । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत भएका छन् ।
फागुन २५ गते सम्पन्न आश्रमको २९औं साधारणसभा (विशेष सभा)ले आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी आद्वेतानन्द गिरि, गैंडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलंकी काठमाण्डौका एकारत्न आचार्य, विदुर नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्र प्रसाद अर्याल, नक्साल काठमाण्डौका सुशील कुमार पन्त, बसुन्धरा काठमाडौंका सुनीलपाणि गौतम, बाँसबारी काठमाण्डौका विष्णु पोख्रेल, मित्रपार्क काठमाण्डौका डा. बासुदेवकृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा.डा. मनोहरलाल प्रधान, टोखा काठमाण्डौका दिपक कुँवर र टाँडी चितवनका रामहरि अर्याललाई सञ्चालक समिति सदस्य मनोनीत गर्ने निर्णय गरेको हो ।
उनीहरु चार वर्षका लागि सञ्चालक समिति सदस्य मनोनीत भएको गलेश्वर आश्रमले जानकारी दिएको छ । देवघाटघाम–५, तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना विक्रम सम्वत् १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रह्मचारी
(गलेश्वर बाबा)ले गरेका हुन् । आश्रमअन्तर्गत १८५ वटा कुटी छन् । त्यसैगरी ज्योतिर्लिंगेश्वर महादेव, सिद्धेश्वर महादेव, गंगामाता मन्दिर, संक्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिंग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन् । आश्रम अन्तर्गत बेद बेदांग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ । उक्त विद्यालय गलेश्वर बाबाले सन् २०२३ मा स्थापना गरेका हुन् ।