काठमाण्डौ । चालु आवको पहिलो महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख मूल्यबराबरका मालवस्तु आयात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ करोड २ लाख रुपैयाँले कम हो । अघिल्लो आवको साउन महिनामा यो नाका भएर ३ अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट १ अर्ब ५४ करोड २८ लाखबराबरको सामान निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा कम हो । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो ।
यद्यपी साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने रु १५ करोड १८ लाखले बढेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।