काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई फागुन ३० गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।
यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा तुलसी राम पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहबा द्द जना गरी कुल ६ जना नयाँ सञ्चालक नियुक्त गरेको छ । जसमा सन्तोष फुयाँल,मणि कुमार अर्याल,दिप ब.श्रेष्ठ र सुरेन्द्र राज भट्टराई संस्थापक समूहबाट र सुधिर कुमार श्रेष्ठ र सञ्ज्ु घिमिरे सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका छन् ।
साविकका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले गत फागुन ३० गतेदेखि एकीकृत कारोबारको थालनी गरेका थिए ।