काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ४४७ औं बैठकले सिंहलाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले उनलाई भदौ २५ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।