काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ४४७ औं बैठकले सिंहलाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले उनलाई भदौ २५ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                