काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो अवरुद्ध सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
सम्पूर्ण इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुको नाममा सूचना जारी गर्दै राष्ट्रबैंकले आफ्नो व्यवसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाली सेनाको हिजो रातिको विज्ञप्तिअनुसार आवातजावत हुने गरी सीमित कर्मचारीबाट आफ्नो सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्वाश्यक बैंकिंग तथा डिजीटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न भनेको हो ।
अन्य प्रणालीको हकमा जोखिमका आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन तथा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट वा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ।