काठमाण्डौ । दशैं लगायतका चाडपर्वमा काठमाण्डौबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्न समिति गठन गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहने गरी समिति गठन गरिएको हो ।
उक्त समितिले सरोकारवाला निकायसँगको सहकार्य र समन्वय गरी अग्रिम टिकट बुकिङ खुला गर्नेछ ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोवारवालसँग सिंहदरबारमा छलफल भएको थियो । उक्त क्रममा जेनजी आन्दोलनका कारण ठप्प रहेको सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गर्ने निर्णय समेत भएको छ ।
यसका साथै ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय समेत भएको छ ।