काठमाण्डौ । यो वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो ।
शैक्षिक संस्थाहरु बन्द भईसकेकाले उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक वृद्धि भईरहेकाले यसपालिी अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो । यसअघि भने चाडपर्वमा घर जानेहरुका लागि अग्रिम टिकट खुल्दै आएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।