बिहीबार, असार ११,२०८३ 02:18:55
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:18:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थमन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल: जेनजी पुनःनिर्माण र निर्वाचन खर्च जुटाउने लक्ष्य

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल: जेनजी पुनःनिर्माण र निर्वाचन खर्च जुटाउने लक्ष्य

काठमाण्डौ । जेनजी आन्दोलनको नोक्सानी पुनःनिर्माण र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थमन्त्रालयले तीन सदस्यीय विशेष कार्यदल गठन गरेको छ।

New Office
CG Motors
Garima Development Bank

कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार कार्यदलको मुख्य जिम्मेवारी हालकै बजेटभित्र स्रोत खोजी गर्ने, प्राथमिकता निर्धारण गर्ने र आवश्यक रकम जुटाउने अध्ययन गर्नु हो।

नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार पदभार सम्हाल्दै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबका कारण समावेश भएका, तयारी अपूर्ण वा टुक्रा योजनाहरू कटौती गरिने बताएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले स्पष्ट पारे, पूरक बजेट नल्याई वर्तमान बजेटकै पुनर्संयोजनमार्फत करिब एक खर्ब रुपैयाँ बराबर स्रोत जुटाइ निर्वाचन र पुनःनिर्माणको खर्च धानिनेछ।

विशेषतः अर्थमन्त्रालयले यस कदमलाई “आन्तरिक स्रोतमै आत्मनिर्भरता” र “बजेट पुनर्संरचना मार्फत द्रुत र प्रभावकारी व्यवस्थापन”को उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.