बिहीबार, बैशाख १०,२०८३ 06:34:40
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 06:34:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भाटभटेनीका सञ्चालक मीनबहादुरलाई अर्थमन्त्रीको ढाडस, अटो व्यवसायीको पीडा सुन्न थापाथली पनि पुगे

Bizshala
भाटभटेनीका सञ्चालक मीनबहादुरलाई अर्थमन्त्रीको ढाडस, अटो व्यवसायीको पीडा सुन्न थापाथली पनि पुगे
Shivam Cement

काठमाण्डौ । अर्थतन्त्र र निजी क्षेत्रको धड्कन राम्रोसँग सुन्ने अर्थशास्त्रीको परिचय पाएका अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले जेनजी आन्दोलनका कारण प्रताडित निजी क्षेत्रको मनोबल बढाउने सक्रियता देखाएका छन् ।  

पदभार ग्रहण गरेकै दिन निजी क्षेत्रको मनोबल उकास्ने अभिव्यक्ति दिएका अर्थमन्त्री डा. खनालले मंगलबार अटोमोवाइलको हब भनेर चिनिने थापाथलीमा गएर गाडी व्यवसायीहरुलाई सरकार साथमा रहेको आभास दिलाए भने सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुगेर सञ्चालक मीनबहादुर गुरुङलाई प्रेमिल अंकमाल गर्दै ढाडस दिए । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

व्यस्त दैनिकीलाई पन्छाएर उनी आन्दोलनका क्रममा आगजनी र तोफोड व्यहोरेका व्यवसायीहरुलाई भेट्दै सरकार उनीहरुको साथमा रहेको सन्देश दिएका हुन् ।  

थापाथलीस्थित टाटा, हुण्डाई, महिन्द्रा, सुजुकी, सिजी मोटर्सको सोेरुमहरुमा पुगेर अटो व्यवसायीहरुले भोग्नुपरेको क्षति र उनीहरुले सरकारसँग अपेक्षा गरेका राहात प्याकेज लगायतका विषयमा कुराकानी गरेका थिए ।  

अर्थसचिव घनश्याम उपाध्यायलाई साथमै लिएर पुगेका उनलाई गाडी व्यवसायीहरुले आन्दोलनका कारण आफूहरुले व्यहोरेको क्षति र पुननिर्माण तथा व्यवसाय पुनः सञ्चालनका क्रममा आइपरेका अप्ठ्याराहरुको विषय प्रकाश पारेका थिए ।  

अटो व्यवसायीहरुले बीमाको दाबी भुक्तानीमा समस्या भएको सो क्रममा गुनासो गरेका थिए । यस्तै, सरकारले आफूहरुजस्ता समस्यामा परेका व्यवसायीका लागि उपयुक्त राहात प्याकेज ल्याउनुपर्नेमा उनीहरुको जोड थियो ।  

अर्थमन्त्री डा. खनाललाई टाटा मोटर्सका लागि नेपालको आयातकर्ता कम्पनी सिप्रदी ट्रेडिङका तर्फबाट राजनबाबु श्रेष्ठ, जनरल म्यानेजर सावन्तजंग सिजापति, हुण्डाइको तर्फबाट निराकर श्रेष्ठ लगायतले ब्रिफिङ गरेका थिए।

थापाथलीमा आएका अर्थमन्त्रीलाई अटो व्यवसायीको तर्फबाट एकमुष्ट समस्या नाडा अध्यक्ष करण चौधरीले पनि सुनाएका थिए। 

CG Motors
Garima Development Bank
IME remit

सो क्रममा अर्थमन्त्रीले अन द स्पट अर्थसचिव उपाध्यायमार्फत अटो व्यवसायीको सम्बोधन गरिहाल्नुपर्ने समस्या समाधान गर्न निर्देशन दिएका थिए । बीमा कम्पनीहरुको दाबी भुक्तानीलाई सहज र सरल बनाइने समेत सो क्रममा उनले बताएका थिए ।  

अर्थमन्त्री सपथ ग्रहणको भोलिपल्टै आफूहरुको समस्या सुन्न अन दि स्पट आएपछि अटो व्यवसायी उत्साहित देखिएका छन् । उनीहरुले अर्थमन्त्रीको यो कदमले आन्दोलनपछि निरश निजी क्षेत्रको उत्साह बढ्ने प्रतिक्रिया दिएका छन् ।  

त्यसपछि अर्थमन्त्री नेतृत्वको टोली आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट ध्वस्त कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटको आउटलेट पुगेको थियो । त्यहाँ भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले अर्थमन्त्रीलाई स्वागत गरी आफ्नो समस्या सुनाएका थिए । सो क्रममा अर्थमन्त्रीले मीनबहादुरसँग वान टू वान कुराकानी समेत गरेका थिए ।  

अर्थमन्त्री त्यहाँ पुग्दा भाटभटेनीको कोटेश्वर आउटलेटमा सरसफाई तथा पुननिर्माणको काम चलिरहेको थियो ।  

अर्थमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रालयको दैनिक कामबाट केही समय निकालेर डा. खनालले दैनिक रुपमा निजी क्षेत्रका ध्वस्त स्थानहरुको अवलोकन भ्रमण गर्ने र निजी क्षेत्रका प्रतिनिधिलाई भेट्ने योजना बनाएका छन् ।  

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रतर्फ अरबौंको क्षति भएको अनुमान गरिएको छ । क्षतिको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.