काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् । शाक्यले घिसिङलाई फेसबुकमार्फत बधाई दिएका हुन् ।
‘उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ,’ उनले लेखेका छन्, ‘सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’
घिसिङले सोमबार पदभार ग्रहण गरेकाथिए । पदभार ग्रहण समारोहमा शाक्य अनुपस्थित थिए । विदेश भ्रमणमा रहेकाले उनी अनुपस्थित भएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका थिए ।