काठमाण्डौ । घटस्थापनादेखि असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकमा चाडपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो ।
यद्यपी बाटोको प्रकृतिका कारण सो रुटमा चल्न निषेध गरिएका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने छ । यस्तै बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।