काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । बैंकलेले घोषणा गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता २३८.४२ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४८.३७ रुपैयाँ कायम थियो । आजको कारोबारदेखि दोस्रो बजारमा बैंकको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।