बिहीबार, असार ११,२०८३ 03:45:28
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:45:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी आन्दोलनपछिको पुनर्निर्माणका लागि सरकारको राहत योजना : आयात सामग्रीमा ५०% भन्सार छुट

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलनपछिको पुनर्निर्माणका लागि सरकारको राहत योजना : आयात सामग्रीमा ५०% भन्सार छुट

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिग्रस्त भएका सम्पत्ति पुनर्निर्माणका लागि आयात हुने निर्माण सामग्रीमा ५० प्रतिशतसम्म भन्सार छुट दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

सरकारले प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान, व्यवसायिक संरचना र आर्थिक गतिविधिलाई छिटो सुचारु गर्ने उपाय पनि अगाडि सारेको छ। बैठकले नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरू मार्फत विभिन्न राहत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै, बीमासम्बन्धी व्यवस्थामा पनि सुधार ल्याइएको छ। बीमा प्राधिकरणले अग्रिम रूपमा क्षतिको ५० प्रतिशतसम्म बीमा रकम बीमा कम्पनीहरूले उपलब्ध गराउनुपर्ने प्रावधान तय गर्नुपर्ने निर्णय भएको छ। यसबाट उद्योग, व्यवसाय र अन्य आर्थिक संस्थाहरूले तत्काल पुनर्निर्माण थाल्न सहज हुने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारको यो कदमले जेनजी आन्दोलनपछि आर्थिक गतिविधिमा आएको व्यवधानलाई कम गर्दै, प्रभावित क्षेत्रका व्यवसायी र उद्योगीलाई राहत पुर्‍याउने उद्देश्य राखेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.