शनिबार, फाल्गुन १०,२०८१ 08:36:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:36:48
IME remit
Global IME Bank Limited

वाणिज्य बैंकहरुको घट्दो चार्म: सेयरभाउमा १७% को गिरावट, होटलका सेयरमूल्य भने बढ्दै

Hyundai Nepal
वाणिज्य बैंकहरुको घट्दो चार्म: सेयरभाउमा १७% को गिरावट, होटलका सेयरमूल्य भने बढ्दै
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा १३ उपसूचक (समूह)का कम्पनीहरु सूचीकृत छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २७१ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ वटा हाइड्रोपावर कम्पनी, २१ वटा उत्पादन तथा प्रशोधन कम्पनी, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।  

सूचीकृत कम्पनीहरुमध्ये धितोपत्र बजार पुँजीकरणमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणमा ५७.३ प्रतिशत हिस्सा छ ।  

बजार पुँजीकरणमा सर्वाधिक हिस्सा रहेको बैकिङ्क उपसूचक गत वर्षको तुलनामा १७.६५ प्रतिशतले गिरावट आएको छ । गत वर्षको माघ मसान्तसम्म १३७७.९९ विन्दुमा रहेको कमर्सियल इन्डेक्स चालु आवको सात महिनामा ११३४.७७ पूँजीकरण कायम हुन पुगेको छ ।  

नेप्सेमा १९ वटा कमर्सियल बैंक सूचीकृत छन् । पछिल्लो समय बैंकहरुको सेयरभाउ घट्दो अवस्थामा छन् । १० वटा बैंकको सेयरभाउ त अंकित मूल्य तथा आईपीओकै मूल्यमा पुगिसकेको छ । सेयरबजारमा दीर्घकालिन लगानीका लागि वाणिज्य बैंकहरुको सेयर उचित हुने भएपनि पछिल्लो समय बैंकहरुको लाभांश क्षमतामा ह्रास आउँदा लगानीकर्ताहरु कमर्सियल बैंकको सेयरमा आकर्षित देखिंदैनन् ।  

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई प्रोभिजनमा रकम छुट्याउनुपर्ने र लाभांशमा समेत कडाई गर्दा बजारमा बैकिङ्ग समूह चम्किन छोडेको छ । तर, दीर्घकालिन लगानीकर्ताहरुले भने बैंकहरुले केही वर्ष उत्कृष्ट लाभांश बाँड्न नसकेपनि होल्ड गर्न सके कमर्सियल बैंकमा गरेको लगानी जोखिम नहुने बताउँदै आएका छन् ।  

समूह तथा उपसूचकभित्र रहेका कम्पनीको सेयरभाउ घटबढले उपसूचक (सब–इन्डेक्स)घट्ने बढ्ने हुन्छ । चालु आवको माघ महिनासम्म नेप्से परिसूचक १८२६.२४ विन्दुमा कायम छ । यो इन्डेक्स गत वर्षको तुलनामा ०.६१ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म नेप्से इन्डेक्स १८१५.१४ विन्दुमा कायम थियो ।  

त्यस्तै, कमर्सियल बैंक इन्डेक्स सो अवधिसम्म ११३४.७७ विन्दुमा कायम भएको छ । जुन यो गत आवको यसै अवधिसम्मको तुलनामा १७.६५ प्रतिशतले कम हो । गत आवको माघ महिनासम्म बैंकिङ उपसूचक १३७७.९९ विन्दुमा कायम थियो ।  

कम्पनीहरुको सेयरभाउ उतारचढावले उपसूचक समेत घटबढ हुने गर्दछ । गत वर्षको तुलनामा यस वर्ष कमर्सियल बैंकहरुको सेयरभाउ घट्दो अवस्थामा छ । सिटिजन बैंक, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी सनराईज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र प्रभु बैंकको सेयरमूल्य अंकित मूल्यकै आसपास छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेप्सेमा सूचीकृत कम्पनीहरुको तुलनामा कमर्सियल बैंकहरुको सेयरभाउ न्यून त्यसैमाथि चालु आवको लागि अधिकांश बैंकले लाभांश दर घटाउँदा बैंकिङ समूहमा रौनक हराउँदै गएको लगानीकर्ताहरु बताउँछन् ।  

बीमा उपसूचक उच्च विन्दुमा  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये बीमा समूहका दुई उपसूचकहरु उच्च विन्दुमा छन् । माघ मसान्तसम्म निर्जीवन बीमा उपसूचक १० हजार ९८६.२२ विन्दुमा कायम छ । जुन यो गत वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म निर्जीवन बीमा उपसूचक ९२०५.५७ विन्दुमा कायम रहेको थियो ।  

त्यस्तै जीवन बीमा उपसूचक पनि माघ महिनासम्ममा १०६८२.८३ विन्दुमा कायम छ । यो गत वर्षको तुलनामा ०.२२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म जीवन बीमा उपसूचक १०६५९.३० विन्दुमा कायम थियो ।  

नेप्सेमा १२ वटा जीवन र १२ वटा निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् । वाणिज्य बैंकहरुको तुलनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको संख्या र सूचीकृत सेयर संख्या समेत कम छ । कम्पनी संख्या पनि कम र सूचीकृत सेयर संख्या पनि थोरै भएकाले वाणिज्य बैंकहरुको सेयरमूल्यको तुलनामा बीमा कम्पनीका सेयरमूल्य अधिक छ र यो स्वभाविक पनि हो ।  

तर पछिल्लो समय सेयरबजारमा बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । नेपाल राष्ट्र बैंकको ७ महिनाको तथ्याङ्कअनुसार सेयरबजारमा हाइड्रो कम्पनीपछि बीमा कम्पनीको सेयरभाउ सर्वाधिक कारोबार भएको छ ।  

त्यस्तै, दोस्रोमा उत्पादन तथा प्रशोधन उपसूचक ५७८८.९४ विन्दुमा, होटल समूह ५४६८.४१ विन्दुमा, विकास बैंक उपसूचक ४१२१.१७, लघुवित्त उपसूचक ३७३४.६९, व्यापार संस्था २८२४.१२, हाइड्रो उपसूचक २७३१.५४, फाइनान्स उपसूचक १८१३.०७, अन्य उपसूचक १७९४.८९, वाणिज्य बैंक उपसूचक ११३४.७७, लगानी उपसूचक ८०.८१ विन्दु र म्युचुअल फण्ड उपसूचक १८.३४ विन्दुमा कायम रहेको छ ।  

होटल तथा पर्यटन उपसूचक सर्वाधिक वृद्धि  

१३ उपसूचकमध्ये होटल उपसूचक गत वर्षको तुलनामा सर्वाधिक वृद्धि भएको छ । गत आवको माघ महिनासम्म ३२३० विन्दुमा रहेको होटल उपसूचक चालु आवको माघ महिनासम्म ६९.२९ प्रतिशतले बृद्धि भई ५४६८.४१ विन्दुमा उक्लिएको छ । यसर्थ गत वर्षको तुलनामा होटलका सेयरमूल्य बढेको बुझ्न सकिन्छ ।  

नेप्सेमा ६ वटा होटल तथा पर्यटन कम्पनी सूचीकृत छन् । होटल तथा पर्यटन समूहका कम्पनीहरु पनि दोस्रो बजारमा बढी चहलपहल हुने कम्पनीहरु हुन् । सोल्टी होटल, ओरियण्टल होटल, तारागाउँ रिजेन्सी होटल  र सिटि होटलको सेयरभाउ गत वर्षको तुलनामा बृद्धि भएको छ । साथै चन्द्रागिरी हिल्स र कालिञ्चोक दर्शनको पनि सेयरभाउ वृद्धि भई इन्डेक्स बढेको देखिन्छ ।  

दोस्रोमा म्युचुअल फण्ड इन्डेक्स २६.५१ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्म १४।५० विन्दु्मा कायम भएको म्युचुअल फण्ड इन्डेक्स चालु आवको यस अवधिसम्म १८.३४ विन्दुमा कायम भएको छ ।  

यसका साथै व्यापार इन्डेक्स, २४.०२ प्रतिशत, लगानी उपसूचक २०.९० प्रतिशत, निर्जीवन बीमा उपसूचक १९.३४ प्रतिशत, अन्य समूह १८.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ११.७८ प्रतिशत, विकास बैंक उपसूचक ९.८५ प्रतिशत, हाइड्रो उपसूचक ३.९४ प्रतिशत, फाइनान्स उपसूचक २.९४ प्रतिशत र जीवन बीमा उपसूचक ०.२२ प्रतिशतले बढेको छ । कमर्सियल बैंक उपसूचक १७.६५ प्रतिशत र लघुवित्त उपसूचक १९.१३ प्रतिशतले घट्न पुगेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.