वाणिज्य बैंकहरुको मुनाफा १६.०४%ले घट्यो, कृषि विकास र प्राइम कमर्सियल भने बढाउनमा अब्बल
काठमाण्डौ । वाणिज्य बैंकहरुको खुद नाफा १६.०४ प्रतिशतले घट्न पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको नाफा १६ प्रतिशतले घटेको हो । गत आवको ११ महिनासम्ममा ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको वाणिज्य बैंकहरुले चालु आवको यस अवधिसम्म जम्मा ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २०...